UPSC Main Exam 2024 Compulsory Subjects NEPALI Previous Year Question Paper PDF Download
UPSC Main Exam 2024 Compulsory Subjects NEPALI Previous Year Question Paper PDF Download
Civil Services (Main) Examination, 2024
PHKM-C-NPLI
नेपाली / NEPALI
(अनिवार्य) / (Compulsory)
निर्धारित समय : तीन घण्टे
Time Allowed : Three Hours
अधिकतम अङ्क : 300
Maximum Marks : 300
प्रश्न-पत्र सम्बन्धित विशेष अनुदेशावली
कृपया प्रश्नका उत्तर लेख्नुअघि तल दिइएका प्रत्येक अनुदेशलाई ध्यानपूर्वक पढ्नुहोस् :
सबै प्रश्नका उत्तर लेख्नु अनिवार्य छ ।
प्रत्येक प्रश्न/अंशका अङ्क तिनका विपरीतमा सूचित गरिएको छ ।
प्रश्नमा निर्देश गरिएको भए तापनि उत्तर नेपाली (देवनागरी लिपि) मा लेख्नु अनिवार्य छ ।
प्रश्नमा जहाँ विशेष रूपले उल्लेख गरिए-अनुसार शब्द सीमालाई पालन गर्नु आवश्यक छ । यदि उल्लेख गरिएको भन्दा लामो अथवा छोटोमा उत्तर लेखिए अङ्क घटाइने छ ।
प्रश्न-सह-उत्तरपुस्तिकामा खाली छोडिएका पत्ता अथवा कुनै भाग स्पष्टसित काटिएको हुनुपर्छ ।
Question Paper Specific Instructions
Please read each of the following instructions carefully before attempting questions :
All questions are to be attempted.
The number of marks carried by a question / part is indicated against it.
Answers must be written in NEPALI (Devanagari script) unless otherwise directed in the question.
Word limit in questions, wherever specified, should be adhered to and if answered in much longer or shorter than the prescribed length, marks may be deducted.
Any page or portion of the page left blank in the Question-cum-Answer Booklet must be clearly struck off.
Free PDF Download LINK Given in Last of This Post/ question Paper , For Image and Diagram Please refer to given PDF
UPSC Previous Year Question Paper, testbook ,UPSC Previous Year Question Paper PDF, UPSC Previous Year Question Paper PDF Download, UPSC Question Paper PDF Download, UPSC Previous Year Papers, UPSC Previous Year Papers PDF, UPSC Previous Year Paper Free D
UPSC Main Exam 2024 Compulsory Subjects NEPALI Previous Year Question Paper PDF Download
(a) लोकतन्त्र अिन अिभव्यिक्तको स्वतन्त्रता
(b) के भारतमा पिउने पानीको सङ्कट गम्भीर छ ?
(c) जनजातीय संस्कृतिको सङ्घक्षण : प्रयास अनि सम्भावनाहरू
(d) खाली भाँडा धेरै बज्छ
UPSC Main Exam 2024 Compulsory Subjects NEPALI Previous Year Question Paper PDF Download
Q2. निम्नलिखित गद्यांशलाई ध्यानपूर्वक पढी त्यसका आधारमा तल दिइएका प्रश्नका उत्तर स्पष्ट, सही अनि सङ्घक्षप्त भाषामा लेख्नुहोस् : 12×5=60
आलोचनालाई साहित्यको एउटा अङ्ग मानिन्छ, यसैले कि यसले साहित्यलाई आफ्नो सीमाभित्र राख्ने व्यवस्था गर्दछ । साहित्यमा जब कुनै त्यस्तो वस्तु सम्मिलित हुन आउँछ, जो यसको रसप्रवाहमा वाधक बन्दछ, त्यसबाट साहित्यमा दोषको प्रवेश हुन जान्छ, त्यसरी नै संगीतमा कुनै बेसुरा ध्वनिले त्यसलाई दूषित गरिदिन्छ ।
हाम्रो सत्य भावहरूकै प्रकाश आनन्द हो । असत्य भावहरूमा दुःखकै अनुभव हुन्छ । कतिपय मानिसहरूले हिंसा गरेर, वा कसैको सम्पत्ति हेर आफ्नो स्वार्थकालागि, वा कसैको अहित गरेर पनि आनन्द लिने गर्दछ, तर यो मनको स्वाभाविक प्रवृत्ति होइन । एउटा चोरलाई उज्यालोभन्दा अँध्यारो मन पर्छ, तर त्यसले उज्यालोको श्रेष्ठतालाई कुनै बाधा पार्दैन ।
जुन भावनाहरूद्वारा हामी आफूलाई अस्कसित मिलाउन सक्छौं, त्यही नै सत्य भाव हो, प्रेमले हामीलाई अन्य वस्तुहरूसित मिलाउने गर्छ, अहङ्कारले हामीमा विभेद त्याउँछ । जससित अति अहङ्कार छ उसले अरूहरूसित कसरी समानता त्याउँछ ? यसर्थ, प्रेम सत्य भाव हो, अहङ्कार असत्य भाव हो ।
भक्ति प्रकट गर्नलाई कुनै प्रत्यक्ष वस्तुको आवश्यकता पर्दछ । दया गर्नलाई पनि कुनै पात्रको आवश्यकता पर्दछ । ध्यैयर साहसकालागि पनि हामीलाई कुनै सहाराको जरूरी पर्दछ । तात्पर्य यस्तो हुन्छ कि हाम्रा भावहरूलाई जगाउन वाह्य वस्तुहरूसँग सामाञ्जस्य हुनु जरूरी छ । यदि वाह्य प्रकृतिको हामीप्रति कुनै असर न रहे; यदि हामीले कसैको पुत्रशोकमा विलाप गरेको देखेर आँसुका
Q3. निम्नलिखित अनुच्छेदको सारांश लगभग एक-तिहाई शब्दमा लेख्नुहोस् । यसको शीर्षक लेख्न आवश्यकता छैन । सारांश आफ्नै भाषामा लेख्नुहोस् । 60
यो ध्यान दिनु पर्ने कुरा हो कि ईर्ष्या कुनै व्यक्ति-विशेषसित लक्षित हुन्छ । यस्तो हुँदै हुँदैन भन्ने होइन कि कोही व्यक्ति धनी, गुणी वा सम्माननीय छ भने हामी ईर्ष्यालु बन्छौं । ईर्ष्या विस्तारै हुन्छ जब हामीलाई विश्वास हुन्छ जब हामी अरूहरूसँग तुलना गर्न थाल्छौं अथवा आफूलाई अरूहरूसँग तुलना गर्न पर्ने हुन्छ । आफूदेखि टाढा हुने हुनाले आफ्नो साथ-साथमा जोसँग मानिसहरूको ध्यान जाने निश्चय हुँदैन, उप्रति ईर्ष्या उत्पन्न हुँदैन । काशीका कुनै धनी व्यक्तिलाई यूरोपको कुनै धनी व्यक्तिको कुरा सुनेर ईर्ष्या नहुन सक्छ । एकजना हिन्दी कविलाई कुनै अंग्रेजी कविको महत्व सुनेर ईर्ष्या नहुन सक्छ । आफन्तहरू, बाल-साथीहरू, सहपाठीहरू तथा छिमेकीहरूका माझमा ईर्ष्याको विकास अधिक देख्न पाइन्छ । यदि दुईजना साथीहरूमध्ये कसैले सफलता पाउँछ र उच्च पदमा पुग्छ भने, उसले त्यस साथीलै जस्तै पद पाउन त्यतिकै संघर्ष गर्ने प्रयास गरेको देखिन्छ । प्राय: नै आफ्नो उन्नतिकालागि गुप्त वाधाहरूको पत्तो लगाउँदै-लगाउँदै आफ्ना कुनै पुराना साथीको पछि लाग्ने गरेको भेटिन्छ । जुन समय एउटा सम्बन्ध-सूत्रमा आएर हामी अरूलाई आफ्नो साथ एक पङ्क्तिमा खडा गर्छौं त्यस समय सहानुभूति, सहायता आदिको सम्भावना हुँदा हुँदै ईर्ष्या र द्वेषको सम्भावनाको बीउ पनि रोपिँदै जान्छ । हामी आफ्नै नियमबाट भलाई-भलाई के सम्भावनाको सूत्रपात गर्थ्यौं अनि यस्तै प्रकारले भविष्यको अनिश्चयमा बाधा पुर्यायौं भने, त्यस्तो कहिल्यै हुन सक्दैन । भविष्यको अनिश्चयता अटल र अजेय छ । आफ्नो सम्पूर्ण ज्ञान-बुद्धिबाट पनि हामी त्यसलाई कदापि हटाउन सक्दैनौं ।
अब ध्यान दिनु पर्ने कुरा के छ भने ईर्ष्याको संसारकालागि ईर्ष्या गर्ने र ईर्ष्याको पात्रबाहेक स्थितिप्रति ध्यान दिने समाजको पनि आवश्यकता छ । समाजको धारणाप्रति प्रभाव पार्नकैलागि ईर्ष्या गरिन्छ । ऐश्वर्य, गुण वा सम्मानलाई गोप्य रूपमा, समुदायलाई थाहा नगराई; सुख-सन्तोष भोग्ने कुरा आउँदैन । ऐश्वर्य वा गुणमा हामीले चाहौं भने कुनै व्यक्तिसँग वस्तुत: अघि बढेर वा उसको तुलना न भएपनि; तर यदि समाजको धारणा त्योभन्दा धेरै वा तुलनीय छ भने हामी सन्तुष्ट रहन सक्छौं, ईर्ष्याको घोर कष्ट उठाउनु पर्ने छैन । कस्तो विचित्र कुरा छ भने वस्तु-प्रेरित भएर बञ्चित रहेर पनि हामी समाजको धारणासँग मात्र सन्तुष्ट रहन सक्छौं । ईर्ष्या सामाजिक जीवनबाटै जन्मेको एउटा कृत्रिम विष हो । यसको प्रभावबाट हामी अरूको उन्नति हुँदैछ भने पनि आफ्नो कुनै वास्तविक हानि नदेखेर व्यर्थै दु:खी हुने गर्छौं ।
न्यायाधीशले न्याय गर्दछ; कारिगरले ईटा जोड्ने काम गर्दछ । समाज कल्याणको बिचारबाट न्यायाधीशको साधारण व्यवहारमा कारिगरप्रति ‘तिमी मभन्दा सानो हो’ भन्नु उचित होइन । जुन समुदायमा यस प्रकारको ‘सानो-टुलो’ – को अभिमान ठाउँ-ठाउँमा बढेर जानथालेपछि, त्यसको भिन्न-भिन्न वर्गमाझ स्थायी ईष्यां स्थापित हुनजान्छ, अिन संघ-शक्तिको विकास धेरै कम अवसरहरूमा देख्न पाइन्छ । यदि समाजमा कार्य गर्दा, जसबाट भिन्न-भिन्न प्राणी जीवन निर्वाह गर्दछन्, परस्पर ‘सानो-टुलो’ – को ढोल नबजोस, तर तिनीहरूको विभिन्नतालाई स्वीकार गरियो भने; धेरै नै असन्तोषहरू हटेर जानेछ । जहाँ यसप्रकारको विभेदको भावनाले धेरै प्रचार पाउँछ अिन मानव-व्यवहारमा निश्चित र स्पष्ट रूपमा देख्न थाल्छ; त्यहाँ मानिसहरूको शक्तिहरू केवल केही विशेष-विशेष स्थानहरूमा प्रवृत्त भएर ती-ती स्थानहरूमा एकत्रित हुन थाल्छ अिन समाजका कार्य क्षेत्रहरूमा विषमता आउन थाल्छ ।
(456 शब्द)
## 04. निम्नलिखित गद्यांशलाई अङ्ग्रेजीमा अनुवाद गर्नुहोस् :
कुटीर उद्योग र लघु उद्योगको चर्चा भारतमा एकपटक पुनः प्रबल भइरहेको छ । यसप्रकारको उद्योग-धन्दाको सन्दर्भमा त्यस्ता घरेलु किसिमको ससाना काम-धन्दाको परिकल्पना रहेको छ, जसलाई सानो ठाउँमा थोरै पुँजी र श्रमबाट स्थापित गरेर कुनै व्यक्तिले उत्पादनको भागीदार बनेर आफ्नो रोजी-रोटीको समस्यालाई हल गर्नसक्छ । यसप्रकारको परिकल्पनाले कुनै पनि व्यक्ति निर्माता वा उत्पादक बनेर विभिन्न चुनौतीहरूको सामना गर्दै आफ्नो बेकारी जीवनलाई सुगम बनाउन सक्छ । वास्तवमा, भारत जस्तो देशकालागि यस्तै प्रकारका ससाना उद्योग-धन्दाहरू नै हितकर हुनसक्छ, यी कुराहरू महात्मा गान्धीले स्वतन्त्रता-संग्रामका दिनहरूमा नै थाहा गरिसकेका थिए । उनले यस्तै प्रकारका एकाईहरूका स्थापना गर्ने र परम्परागत उद्योगहरूको नवीनीकरण गर्ने प्रेरणा दिएका थिए । तर यी कुराहरूलाई भुलेर स्वतन्त्रता प्राप्तिपछिका नेतृत्वहरूले यसप्रति कुनै चासो नै देखाएनन्, ठुला-ठुला उद्योग-धन्दाहरूको प्रभुत्व रहन थाल्यो अनि समर्थ व्यक्तिहरूकै निजी सम्पत्ति बनेर रह्यो । एकातिर बढ्दै गरेको जनसंख्या, शिक्षाको प्रचार, जन-जागृति, अधिकारको माग र पहिचान, बेकारीहरूका निरन्तर लम्बिन्दै गएका पङ्गतिहरू – यी सबैले आजको जागरूक चिन्तकहरूलाई विवश गराइदियो कि ठिलै भए पनि सही, देशको यसप्रकारको बढ्दिरहेको समस्याहरूलाई समाधानकालागि गान्धीवादी सूत्रहरूलाई नै अपनाउनु पर्ने भयो – जसले यहाँको आवश्यकताहरू पूरा गर्नसक्छ । फलस्वरूप, आज देशमा कुटीर उद्योगहरू सर्वत्र फैलिन सकेको छ ।
20
In our democratic system, the press has a vital role. While there has been large- scale expansion of the print and visual media in recent years, a focused approach to dealing with major societal and political issues has still to evolve. There is, as yet, excessive and exaggerated coverage of exposures and scandals and far too little well- informed comment or analysis of the various deep- rooted factors which generate the continuing malaise. The media could make an extremely useful contribution by devoting adequate coverage to tasks well done, highlighting the achievements of honest and efficient public servants and organizations, according special attention to developments in the remote and backward areas of our country. Our media is free and unfettered. It should be able to expose cases and incidents involving irregular and unlawful exercise of authority and abuses of all kinds. The existing ills in our socio- political environment will, on present reckoning, take considerable time to remedy. The Department of Personnel and Administrative Reforms should focus on establishing institutions responsible for all personnel matters — appointments, postings, transfers etc. — without any external interference. Also, there is a need for adoption of a robust code of ethics to be followed by those involved in public functioning.
(c) (i) तलका कुनै पाँचवटा वाथधारालाई एक-एकवटा वाक्यमा प्रयोग गर्नुहोस् : 5 हावा खानु, तीन न तेहेको, आँखा फुट्नु , पेट काट्नु, इतिश्री हुनु, काँचुली फेर्नु, कुइरोको काग ।
(ii) तलका कुनै पाँचवटा पदावलीको सारशब्द लेख्नुहोस् : 5
(1) आकाशमा देखिने ताराहरूको पुज्ज ।
(2) सेनामा नयाँ भनां भएको सिपाही ।
(3) डुड्गामा कुँदिएको लेख ।
(4) प्रसिद्ध परम्परागत काल्पनिक कथा ।
(5) होम गर्दा चाहिने दाउरा ।
(6) जसले आफ्ना इन्ट्रियहरूलाई वशमा राख्न सक्तछ ।
(7) बिहेका निम्ति केटीलाई फकाउने स्त्री ।
(8) बाहिरबाट आएका मानिसहरूले बसाएको बस्ती ।
(d) (i) तलका कुनै पाँचवटा शब्दको लिङ्ग परिवर्तन गर्नुहोस् : 5 काका, गोरू, नायक, बधिनी, सम्बिनी, बलवती, मत्ता ।
(ii) तलका कुनै पाँचवटा उखानलाई पूरा गर्नुहोस् : 5
(1) इलमीको भागमा .................... ।
(2) राजा खान्छ निसाफले .................... ।
(3) छोरोभन्दा नातीको माया .................... ।
(4) घर भाँडिन्छ कुराले .................... ।
(5) बुद्धिमानलाई एक कुरा .................... ।
(6) गर्ने भन्ने हनुमान .................... ।
(7) सिपाहीकी स्वास्थी .................... ।
(8) फूलको बास्ना वरिपरि .................... ।
UPSC MAIN Compulsory Subjects Free PDF Download-NEPALI
OTHER QUESTION PAPER
UPSC Main Exam 2024 Compulsory Subjects MARATHI Previous Year Question Paper PDF Download
UPSC Main Exam 2024 Compulsory Subjects MALAYALAM Previous Year Question Paper PDF Download
UPSC Main Exam 2024 Compulsory Subjects MAITHILI Previous Year Question Paper PDF Download